फेसबुक ह्याक गरेर युवतीको चरित्र हत्या ! न्याय खोज्दै पिडित मिडियामा

४ बर्ष अगाडि

झापा – मेचीनगर –१२ कि १६ बर्षीय युवती मिना धिमाल ९नाम परिर्वतन० माथी मेचीनगर –१३ का एक युवकले शारिरिक तथा मानसिक यातना दिने गरेको खुलेको छ ।

घटना क्रम अनुसार युवती र मेचीनगर –१३ का बिबेक शाह बिच पहिलो चिनजान केहीँ महिना अघि पौषमा भएको थियो । चिनजानको क्रममा बिबेकले ति युवती सगँ मोबाईल नम्वर मागेका थिए ।
नयाँ बर्षको दिन बैशाख १ गते ति युवकले घुम्न जाउँ भन्दै लगेको युवतीले बताईन् । घुम्न गएपछि खाजा खान भनेर सैनिक मोड स्थित बादल होटल एण्ड लजमा आफुलाई लगेको उनको भनाई छ ।
खाजा खाने क्रममा आफुलाई अचानक टाउको दुख्न थालेपछि आफु वेहोस भएर ढले पछिको अवस्था केहीँ थाहा नभएको पिडितको भनाई छ । बिहाँन अचानक आफु कोठामा बेडमा उँ सगैँ भएको र थाहा पाएपछि ति युवकले आफुलाई बिभिन्न आवश्सन दिएको उनले बताईन् ।

शाहले आफुलाई जे हुनु भयो म विवाह गर्छु भनेपछि उनीहरु छुटिएका थिए । त्यस पछि शाह पढ्नको लागि काठमाडौँ गए । माया जालमा एक रात सँगै बितेपछि भोलिको विवाहको सपना देखेकी यवतीको ठूलो आशा थियो ।

तर,काठमाडौँ गएका बिबेकले ति युवतीको फेसबुक ह्याक गरेर उनको आईडीबाट बिभिन्न पोष्ट गर्न थाले । कहीँले आफु भालु हुँ मेरो नम्वर यो हो भन्दै त आफ्नो घरको स्थान बताउँदै पोष्ट ले गर्दा ति युवतीको ब्यतिmगत चरित्र माथि प्रश्न खडा हुन थालेको थियो ।
बाध्य भएर सो आईडी ब्लक गर्नु परेको उनले बताईन् । आफुलाई विवाह गर्छु भन्ने मान्छे अहिले चरित्र हत्या गरेर फरार रहेको हुँदा कानुनी रुपमा कारवाहीँ हुनु पर्ने उनले माग गरिन् ।

यति मात्र होईन बिबेकले बोलाएको ठाउँमा जानै पर्ने भेट्नै पर्ने नत्र भने नराम्रो पोष्ट हालिदिने,बदनाम गरिदिने, घरमा ममी बाबालाई समेत टचर दिने गरेको पिडितले गह भरी आसुँ बनाउँदै गुनासो पोखिन् ।

बैशाख १२ गते चारआलीको एक कम्युटर पसल अघि घुम्न हिड भन्दा आफु नमानेपछि उस्ले आफुलाई सावर्जनीक रुपमा कुटपिट गरेको उनको भनाई छ । आफुलाई मार्ने धम्की समेत दिने गरेका बिबेकले गत शनिबार धाईजनमा टियुसन पढ्दै गरेको ठाउँमा कुद्दै कुद्दै आएको देखेपछि आफु डरले भागेको उनले बताईन् ।

आफु भागेर गएकै ठाउँमा गएर टाउँकोमा कुट्दै चुप लाग भन्दै धम्की दिएको बताईन् । उनले आफुलाई मुख छाड्दै आफु सँगै जान धम्की दिएको उनले बताईन् । आफुलाई कुटेर सफारी चढेर बिबेक फर्किएको उनको भनाई छ । यती मात्रै होइन आफुलाई पुजा फोटो स्टुडियोमा गएर फोटो खिचेर चौकीमा गएर आफुलाई बिबेकले नकुटेको भन्दै भन्न धम्की दिएको समेत उनले बताईन् ।
उनले भनिन–“आफुलाई शारिरिक रुपमा चरित्र हत्या गर्ने बिबेकले विवाह गर्ने र साथ दिने बाचाँ देखाउँदै फसाएको हुँदा उसलाई कारवाहीँको माग गर्दछु ।”

घटना भएपछि पिडित परिवारले गत २२ गते प्रहरी चौकी चारआलीमा उजुरी समेत दिए । भोली पल्ट चौकीमा पिडित परिवार तथा पिडक परिवारको भेला समेत भएको थियो । तर छलफल निष्र्कषमा नपुगेपछि यो बिषय धुलाबारी ईलाका हुँदै बिर्तामोड पुग्यो ।बिर्तामोडको सैनिक मोडको एक होटलको बिषय भएको र गाउँमै कुटिएको बिषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा पिडित परिवारबाट उजूरी परेपछि प्रहरीले कानुनी प्रकृया सुरु गरेको छ ।

पहिलो चरणमा ति जोडी बसेको होटल एण्ड लजको सिसि क्यामेरा हेर्दा प्रवेश गरेको प्रमाण फेला परेको छ । यो सँगै ति युवतीको शारिरिक परिक्षणको लागी मेची अञ्चल अस्पताल लगिएको छ । यो सँँगै इलाका प्रहरी कार्यालय बिर्तामोडमा मुद्धा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका निमित्त प्रमुख प्रहरी निरिक्षक सुनिल कुमार श्रेष्ठले बताए ।

मिडियामा नजान पिडक परिवारको दवाव
अनुसन्धान मिडिया टिम ति युवतीको घरमा पुग्दा पुग्दै पिडक परिवार चारआली स्थित पुजा फोटो स्टुडियाको संचालक समेत रहेका बिबेकका बाबु गणेश शाहको फोन गरे ।
उनी सँग पिडित युवती बोल्दै गर्दाँ यो बिषयमा मिडियामा नजान भन्दै गणेशले भनेको अडियो रेकर्ड हामी सँग प्रमाण स्वरुप राखेका छौ । यस बिषयमा केहीँ समय पछि हामीले गणेश सँग सम्पर्क गर्दा छोरा तिन दिन देखी सम्पर्कमा नरहेको बताए ।

मिल्न दवाव पिडितकी आमा
पिडित युवतीकी आमाले आफुहरुलाई मिल्न भन्दै घरमा मान्छे आउने गरेको बताईन् । जे भयो भयो यो बिषय मिलेर जानु पर्छ भन्दै हिजो मात्र २ जना मान्छे आएको उनले बताईन् । तर छोरी माथि भएको अन्यायको छानबिन हुनु पर्ने उनको माग रहेको छ ।

घटना मिलाउँन खोजिदै
युवती माथि भएको कुटपिट शारिरिक शोषण तथा चरित्र हत्या जस्तो घटनालाई मिलौ भन्दै तेस्रो व्यतिmले फाईदा लिन खोज्दै गरेको बिशेष स्रोतले बताएको छ ।केहीँ ब्यतिmहरुले मोटो रकम पिडक बाट लिने र घटना गुपचुप बनाउँने खेल भईरहेको स्रोतको दावी रहेको छ ।
अनुसन्धान अनलाईन बाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया