नन्दिकेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुने

साउन २८, २०७६ | आजको अर्थ
ajaako_artha

सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुने भएको छ । 

नेपाल सरकार पुरातत्व विभागले रु एक करोडको लागतमा मन्दिरको पुनर्निर्माण गर्न लागेको हो । नन्दिकेश्वर महादेव संरक्षण समितिले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य  एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले यो मन्दिरको पुनर्निर्माणका लागि सरकारले रु एक करोडको बजेट विनियोजन गरेको उल्लेख गर्दै यहाँको सामुदायिक भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट रु २१ लाख बजेट विनियोजन भएको र आवश्यक पर्ने थप बजेट सांसद विकास कोष, प्रदेश सरकार र नगरपालिकाबाट व्यवस्था गरिनेछ ।”

नंखेलको विकासलाई जोडेर पलासे डोलेश्वर सडक निर्माण गर्दै यस वर्ष सबै कालोपत्र गर्ने, डोलेश्वरदेखि कैलाशनाथसम्मको अर्को सडक निर्माण गरेको, केन्द्रीय योजनाबाटै भातेढिकुरबाट नंखेल आउने सडक कालोपत्र हुने क्रममा रहेको पनि उहाँले बताउनुभयो । 

सांसद बस्नेतले त्रिवेणी खोला, डोके खोला, भारआली खोलमा यसै वर्ष तीन वटा पुल बन्ने र यही तीनवटै खोलाको खानेपानी आयोजनालाई विकास गरी नंखेलको घरघरमा खानेपानी पु¥याउने घोषणा गर्नुभयो । 

कार्यक्रममा विभिन्न दातालाई सम्मान पनि गरिएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७