बिहानै उठ्नेबितिकै चिया वा कफी होइन लौकाको जुस पिउने गर्नुहोस्

४ बर्ष अगाडि

एजेन्सी – मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

मानिसहरुले यो बानी परिवर्तन गरेर लौकाको जुस खाने हो भने शरीरलाई धेरै फाइदा पुग्ने गर्दछ । हामीलाई लौकाको जुसको बारेमा त्यति थाहा छैन ।

प्राय लौकालाई तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका छौं । लौकाको फिक्का स्वादले गर्दा लौका मानिसलाई नराम्रो लग्न सक्छ तर यसको फाइदा थाहापाएपछि यसलाई अस्विकार गर्न सकिदैन ।

लौकाको जुसको फाइदाहरु यस्ता छन्ः

१. शक्तिको लागीः
यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस यसले निकै फाइदा पुर्याउछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउछ ।

२. पिसाब इन्फेक्सन निको पार्छः
यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

३. शरीर भित्रको फोहोर सफा गर्नेः
लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री सफा राख्ने काम गर्छ ।

४. ओजन घटाउनमा मद्धत गर्छः
लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

५. कब्जियतलाइ आराम गर्छः
 लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया