आफ्नो ठाउँमा पर्यटक भित्र्याउन चाहनुहुन्छ ? प्रस्ताव राख्नुस्, सरकारले पैसा दिन्छ

४ बर्ष अगाडि

अफ्नो ठाउँको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने योजना छ तर पैसाका कारण रोकिनुभएको छ भने सरकारले रकम उपलब्ध गराउने भएको छ । 

त्यसका लागि सरकारले नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ । 

नेपाल भ्रमण वर्षको सचिवालयले नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवर्द्धनका कार्यक्रम पेश गर्न संघ संस्थाहरुसंग प्रस्ताव मागेको हो । 

सचिवालयका अनुसार पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सभा, सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव, महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एर्व पर्व आदि संचालन गर्न सकिने छ ।

त्यसैगरी राष्टिय तथा अन्तराष्ट्रिय स्तरमा गरिने ब्राण्ड प्रोमोसनमा पनि सहकार्य गर्न सकिने सचिवालयले जनाएको छ । 

त्यसका लागि २९ साउन देखि १५ दिनभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्ने सचिवालयले जनाएको छ । 

प्रस्ताव पठाउँदा यस्तो कार्यक्रमले दिने योगदानको विषयमा पनि उल्लेख गर्न भनिएको छ । 

कार्यक्रमका लागि स्थानीय तहको अनुमति लिनुपर्ने भए  पत्र र साझेदारी गर्नेे भएमा पनि त्यसको प्रतिवद्धता पत्र आवस्यक पेश गर्नुपर्ने सचिवालयले जनाएको छ । 

सरकारले वार्षिक सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । जसमा २० लाख पर्यटक भित्र्याउने  लक्ष्य छ । 

भ्रमण वर्ष अभियानकाे लागि राष्ट्रिय कार्यक्रम संयोजक व्यवसायी सुरज वैद्य नियुक्त भएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया