गर्मी छल्न जाने होईन त ईलाम ?

४ बर्ष अगाडि

इलाम जिल्ला पर्यटकीय हिसाबले पुर्वमा कहलिएको नाम हो ।

त्यसमा पनि इलामकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा रहेको छ कन्याम ।  इलाम सदरमुकामबाट ४४ किलोमिटर दक्षिणमा रहेको  पर्यटकीय स्थल हो कन्याम।

चियाबगानको रमणीय दृश्य हेर्नकै  लागि दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु कन्याम आउने गर्दछन् ।

पर्यटकहरु बिषेश गरी चियाबगानको दृष्य अवलोकन, पिकनिक तथा घुमफिरका लागि आउने गर्दछन् ।

गर्मीयाम सुरु भएसगैँ तराईबाट कन्यामको चिसो हावा खान आउने  पर्यटकको घुईचो नै लाग्ने गर्छ ।

यहाँको चियाबारीको मनोरम दृष्य र चिसो हावापानीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरीरहेको हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया