जसले बनाए आफ्नै बालक छोरालाई हिरो

५ बर्ष अगाडि

काठमाडौं – निर्माता सन्तोष सेनले ६ वर्षीया बालक आयूब सेनलाई हिरोको रुपमा अगाडी सार्दै नयाँ चलचित्रको काम थालेका हुन् । आयुव उनकै छोरा हुन् ।
बाल मनोबिज्ञानमा आधारित रहेर आफूले नयाँ चलचित्र बनाउन लागेको निर्माता सेनले बताए । ‘चलचित्रले आमा र बच्चा बिचको कथा उठाउन खोजेको छ’ निर्माता सेनले भने ‘पारिवारिक प्रेमकथा पनि यसमा बुनिनेछ ।’
चलचित्र अभिनयका लागि आयुवले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा केही महिना देखि अभिनय प्रशिक्षण लिइरहेका छन् । केही दिन पहिले चलचित्रमा रहने गीत समेत फाइनल गरिएको निर्माता सेनले खुलाए ।
अयुवको अलवा को को कलाकार चलचित्रमा रहने र नाम के हुने भन्ने बिषयमा अहिले गोप्य राखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया