युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउछु: ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुदै गएको युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनु भएको छ । रोल

काठमाडौंमा सोमबारबाट सुरुभएको  अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यहि शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताउनु भएको हो । नेपालले हवाई सुरक्षाका बाँकि कामहरुमा क्रमस सुधार गर्दै गएको बताउनु भयो । नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पस्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताउनु भयो । नेपालको पर्यटन क्षेत्रको विकाशको लागि कनेक्टिभिटी आवश्यक रहेको बताउनु भयो ।

 प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको उनले बताउनु भयो । साथै थप दुई नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताउनु भयो ।

 ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुदा बिकाशमा  लगानीको लागि अनुकुल समय रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी  पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ् दिन सबैलाई आग्रह गर्नुभयो ।  आजबाट  सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया