चोरी पैठारीका राँगाभैैसी काठमाडौँमा

४ बर्ष अगाडि

सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।

उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैसी नभित्रिएपनि काठमाडौँमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको दावी गरे । 
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘काठमाडौंमा ममचा छोयलको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’
उनले वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिगान पुछेर पठाउथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडाँैमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ । पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कैयौँ जिल्लाको नाम छाडेर १२,१३ जिल्ला  प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पुर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया