आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

४ बर्ष अगाडि

उदयपुर – आफ्नै श्रीमती ३० वर्षीया मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका – ५ बस्ने तिर्थ आले मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  
घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा  मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो ।      
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको अभियोगमा पक्राउ  
धादिङ – आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते दुवै जनाको  जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।  
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया