प्राधिकरणको उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यको अवकाश, प्राधिकरणले गर्यो विदाई

४ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका एक मात्र महिला उपकार्यकारी निर्देशक शान्तिलक्षमी शाक्यले आजदेखि अवकाश लिएकी छिन् । उमेरहदका कारण आज बुधबारदेखि उनले अवकाश पाएकी हुन् । प्राधिकरणका कार्यरत उच्च तहका कर्मचारी मध्ये एकदमै लिनसार र सञ्चारकर्मीसँग समेत राम्रो सम्बन्ध भएकी शाक्यलाई प्राधिकरणले आज विदाई गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफल बनाउन प्रशासनको तहबाट उच्च भूमिका खेलेकी शाक्य मेहनती र इमान्दार कर्मचारीको रुपमा समेत चिनिन्थिन ।

विसं २०४५ सालमा सहायक प्रशासन अधिकृतबाट प्राधिकरणको सेवामा प्रवेश गरेकी शाक्य प्रशासन निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा थिइन् ।

उनी प्रशासन निर्देशनालयबाट विदा भएकी छन् । प्राधिकरणले विशेष कार्यक्रमको आयोजना गरेर उनको विदाई गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङसहित सबै कर्मचारीले शाक्यको विदाई गरे । प्राधिकरणको प्रशासनिक सेवामा रहेकी उनी बढुवा हुँदै उपकार्यकारी निर्देशक बनेकी थिइन ।

प्राधिकरणका १६ जना कार्यकारी निर्देशकसँग काम गरेकी शाक्य भोजपुरमा जन्मेर पनि उच्च तहमा पुगने एक मात्र महिला उपकार्यकारी निर्देशक हुन् ।

कुलमान विरद्ध मुद्दा हाल्ने र काममा अवरोध गरेको आरोप लागेका सुनिलकुमार ढुंगेलको  केही समय पहिले विदाई गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया