ड्युटी समयमा खुलेआम धुर्मपान सेवन गर्दै प्रहरी !

४ बर्ष अगाडि

झापा – सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै ड्युटी समयमा खुलेआम सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएको छ । ड्युटी समयमा बर्दी ९पोषाक० लगाएर खुलेआम धूर्मपान गर्नाले संगठनको छवि माथि प्रश्न चिन्ह उठाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकडभिट्टाबाट मूख्य प्रवेशद्धारमा आईतबार खटिएको टोली भित्रका सशस्त्र जवानको यो आट हो ।

संगठन भित्र प्रवेश गर्दा सावर्जनीक स्थलमा धूर्मपान तथा ड्युटी समयमा पालना गर्नुपर्ने नियामको बिषयमा जानकारी दिदा दिदै वा आफ्नै आटमा यी यस्ता दृश्यहरु देख्न सकिन्छ । सीमा क्षेत्रमा खटिएका जवानहरु यति मात्र हर्कत देखाउँदैन । खुलेआम रुपमा व्यापारी सँग सामान चेक गर्ने नाममा अवैध असुली समेत गर्ने गरेका छन् ।

भोज वहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीका लाल वहादुर गुरुङ्ग लगायत केही जवानहरु चेकपोट पछाडि भन्सार भित्र खुलेआम बर्दीमा धूर्मपान गर्दै गरेको दृश्य अनुसन्धान मिडियाले देखेको थियो ।

नाकामा हुने अवैध तस्करी नियन्त्रण गर्ने निकाय नै यसरी अवैध असुली र गैर जिम्मेवारी हर्कत गर्छ भने यस क्षेत्रमा प्रमुखको जिम्मेवारी समाल्दै आएका सशस्त्र प्रमुखहरुले ड्युटी समयमा खटिएका जवानहरुलाई कस्तो शिक्षा प्रदान गर्दै आएका छन् । आफै प्रष्ट हुन्छ ।
अनुसन्धान अनलाईनबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया