बिए पढ्न जम्मा रु २५ सय, कम्युटर, आयोग तयारी र कोठा निःशुल्क

४ बर्ष अगाडि

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले चर्को शुल्क तिर्नु परेको गुनासो बढीरहेको बेला गुल्मीको धुर्कोट परमानन्द बहुमुखि क्याम्पसले भने जम्मा रु २ हजार ५ सय मा स्नातक अध्यापन गराउने घोषणा गरेको छ । 
विद्यार्थीलाई गाउँमै सस्तो शुल्कमा उच्च शिक्षा दिने उद्देस्यले क्याम्पसले जम्मा २ हजार ५ सयमा स्नातक अध्ययनको व्यवस्था गरेको हो । 

शुरुमा सो उक्त शुल्क तिरेपछि चार वर्षएसम्म विद्यार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन । 

“प्रथम बर्षमा भर्ना हुँदा २५ सय शुल्क तिरेपछि चौथो वर्षसम्म क्याम्पसमा मासिक शुल्क लगायत कुनैपनि शुल्क नलिने क्याम्पस सञ्चालक समितिले निर्णय गरेको छ” क्याम्पसप्रमुख कृष्ण प्रसाद भण्डारीले भने “आर्थिक श्रोतको अभावमा कसैले पनि पढ्न बञ्चित नहोस भनेर यो निर्णय लिएका होऔँ ।” 

उनका अनुसार क्याम्पसले अहिले १ करोड ४५ लाख मुद्धती खातामा राखेर त्यसको ब्याज र बाँकी चन्दा संकलन गरेर क्याम्पसको खर्च चलाउँदै आएको छ । 
 
गरिव विपन्न परिवाले पनि पढ्न सकोस भनेर यस्तो निर्णय गरेको र २५ सय समेत तिर्न नसक्नेहरुका लागि छात्रबृत्तिको व्यवस्था गरिने उनले बताए । 

“५ नम्बर प्रदेश र  धुर्कोट गाउँपालिकाबाट छात्रबृत्ति उपलब्ध गराउने आश्वासन पाएका छाँै”, उनले भने “छानेर वास्तविक गरिव र आवस्यकता भएकाहरुका लागि छात्रबृत्ति पनि उपलब्ध गराउँछौँ ।”

त्रिभुवन विश्वविद्यालयले लिने परिक्षा आवेदन शुल्क पनि निःशुल्क गर्नका लागि स्रोत खोजेको र स्रोत जुटेमा उक्त शुल्क पनि निःशुल्क गर्ने क्याम्पसप्रमुख भण्डारीले बताए ।  

उक्त क्याम्पसमा शिक्षाशास्त्र र मानविकी संकायमा अध्यायन हुँदै आएको छ । उक्त क्याम्पसमा अहिले ८० जना विद्यार्थी स्नातक तहमा अध्ययन गरिहेका छन् । 

कम्युटर, कक्षाकोठा र आयोगका पाठ्पुस्तक निःशुल्क 
क्याम्पसले सबै विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा पनि उपलब्ध गराउने भएको छ । लोकसेवा, शिक्षक सेवा तथा सरकारी नोकरीका लागि विभिन्न आयोगहरुको तयारी गर्नेहरुका लागि निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था पनि गरिएको क्याम्पसले जनाएको छ । 

पाठ्यापुस्तकको लागि वस्तु कोरिया समाजले विभिन्न आयोगका पुस्तकहरु उपलब्ध गराउने जनाएको छ।

टाढा टाढाबाट अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि क्याम्पसको वरिपरी निःशुल्क रुपमा कोठा समेत उपलब्ध गराइने क्याम्पस प्रमुख भण्डारीले बताए । “यहाँका स्थानीयले टाढाका विद्यार्थीलाई समस्या भयो भने निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गरिसक्नु भएको छ”, उनले भने 

बरु अन्य श्रोतबाट कलेज चलाउने एजुकेसन र आर्टस्मा ८० जना पढिरहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया