ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

४ बर्ष अगाडि

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । 
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाएको सचिवालय बैठकमा उनले आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सहमतिका आधारमा पार्टीका निर्णयहरू गर्न प्रस्ताव गरे । उनको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।  
यसअघि दुई अध्यक्षमध्ये एक जना अनुपस्थित हुँदा बैठक बस्दैनथ्यो तर अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि सचिवालयको बैठक बसेर निर्णयहरू लिन सकिने सहमति बैठकले गरेको छ । 

एकताको बाँकी कार्य पूरा गर्न बुधबार सचिवालयको बैठक बसे पनि समय अभावका कारण कुनै निर्णय नगरी त्यो बैठक बिहीबारका लागि सारिएको थियो । 
गोरखापत्र दैनिकमा खबर छापिएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया