ओलीले माधव नेपालकाे स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भनेपछि

४ बर्ष अगाडि

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो।

ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्।

ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले  भने, ‘मैले उहाँ (केपी शर्मा ओली) को स्वास्थ्य लाभको कामना गरें तर उहाँले चाहिँदैन भन्नुभयो। उहाँले किन त्यसो भन्नुभयो त्यो विषय म जान्दिनँ।’ नागरिक दैनिका खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया