हिरासतमा रहेका रविको अन्तर्वार्ता लिनेलाई कारबाही हुन्छ: दानबहादुर मल्ल

भदौ ७, २०७६ | आजको अर्थ
ajaako_artha

चितवन – चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिनुभएको हो । मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताउनुभएको छ ।

अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ । सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताउनुभएको छ । रविलाई भेट्न गएका एक सञ्चारकर्मीले अडियो बाहिर ल्याएका थिए ।

आफ्ना पूर्व सहकर्मी सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८