पेस्तोल चोरेको आरोप लागेका हवल्लदार ३० वर्षपछि निर्दोष !

४ बर्ष अगाडि

पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्हरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो । 
सर्वोच्च अदालतले गतसाता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकास हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ । 
कुँवरले २०३६ साल फागुन १ गते प्रहरीमा जागिर खाएका थिए । ४२ असार ३० गते मध्यक्षेत्रीय तालिम केन्द्र काठमाडौं सरुवा भए । साउन १८ गते बढुवा भएर उनी तालिक केन्द्रमै कार्यरत रहेका थिए । ०४४ माघमा कोतमा रहेकामध्ये दुई रिभल्वर कम भेटियो । उनले तत्काल आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए । त्यसपछि नै उनलाई हतियार चोरेको आरोप लगाउँदै जेल सजायसहित जारीरबाट हटाइएको थियो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया