एनएमबी बैंकको एफपीओ मूल्य ३३३ रुपैयाँ प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं–एनएमबी बैंकले एफफिओको प्रिमियम मूल्य प्रस्ताव गरेको छ । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा बिक्रि गर्ने प्रस्ताव गरेको हो । फेस भ्यालु १०० रुपैयाँमा २ सय ३३ रुपैयाँ थप गरी ३ सय ३३ रुपैयाँमा बिक्रि गर्न प्रस्ताव गरेको हो । 
बैंकले संस्थापक र सर्वसाधारण सेयर धनीको स्वामित्व ५१ः४९ अनुपात बनाउन एपफपिओ निष्काशन गर्न लागेको हो । यद्यपि एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डबाट स्विकृति पाउनु पर्नेछ । एनएमबीको एफपिओको बिक्रि प्रवनधक नागरिक लगानी कोष रहेको छ । 
बैशाख २० गते नेप्सेलाई विवरण सहितको पत्र पठाएकोमा सो विवरण सहितकोपत्र स्विकृतिका लागि जेठ १४ गते (हिजो) एनएमबीको बिक्रि प्रबन्धक नागरिक लगानीकोषले नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया