प्रदीप र साम्राज्ञी होलान् त जोडी ?

५ बर्ष अगाडि

काठमाडौं – ‘लिलिबिल’मा दर्शकले रुचाए जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्स चलचित्र ‘लभ स्टेशन’मा पनि रहने भएको छ । अभिनेता प्रदीप र नायक, निर्माता तथा बितरक गोबिन्द शाहीले संयुक्त लगानीमा ‘लभ स्टेशन’ बनाउन लागेका हुन् ।
उज्वल घिमिरेले निर्देशन गर्ने ‘लभ स्टेशन’मा अन्य दुई अभिनेत्री पनि रहने छन् । एकका लागि अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको र अर्काे एक अभिनेत्री खोजीको क्रममा रहेको निर्माता गोबिन्द शाहीले बताए ।
‘लिलिबिली’बाट अभिनयमा डेब्यु गरेकी जसिताले प्रदीपसँग दोस्रो पटक काम गर्न लागेकी हुन् । यदि अभिनेत्री साम्राज्ञी फाइनल भएमा प्रदीप र साम्राज्ञीको यो नै पहिलो चलचित्र हुनेछ । 
अचम्म लाग्दो कुरो के छ भने चलचित्रको छायाँकन डेट अहिले फाइनल भएको छैन । तर रिलिज मिती भने २४ फागुन पक्का गरिएको छ । प्रदीप अहिले गोपीकृष्ण ब्यानरको चलचित्र ‘रोजी’ अभिनयरत छन् । जसिता युकेमा र साम्राज्ञी अन्य चलचित्र अभिनयमा । 
गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लिबाट निर्माण हुने यो चलचित्रको प्राबिधिक पक्ष पनि छनौटको चरणमा रहेका छन् । अभिनेता प्रदीपले यसअघि ‘स्केप’ र ‘ठूलोमान्छे’ निर्माण गरेका थिए । दुबै चलचित्र बक्सअफिसमा असफल साबित भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया