टिभिएस अपाचे RTR 160 2 भि रेस एडिसन बजारमा

४ बर्ष अगाडि

टिभिएम मोटर कम्पनी, विश्वब्यापी रुपमा टू–ह्वीलर र थ्रि–ह्वीलरको ख्यातिप्राप्तनिमार्ण कम्पनीले आफ्नो लोकप्रिय विश्वकै उप्कृष्ट मोडल टिभिएस अपाचे आरटीआर १६० टू भि रेस एडिसनलाई नेशनल अटोमोवाइल डिर्लस एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ । 

टिभिएस अपाचे आरटीआर १६० २ भि रेस एडिसन टिभिएस रेसिङ परम्पराको गोरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रियउपलब्धि र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको छ । 

अभूतपूर्व रेसिङ डिकल्स, थ्रिडि लोगो, चमकदार रङहरु एवं स्पिड मिटरको नबीन डायलले यो माटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । 

यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिक्स ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइकचालकलाई रेसिङ अनुभूतिमा कुनै सम्झौता नगरेरै वाइक चलाउने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया