कमल थापाले पार्टी एकताको पहल थाले

५ बर्ष अगाडि

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले यसअघि सो पार्टीबाट फुटेर बनेका पार्टीसँग एकताका  लागि पहल थालेको छ ।  राप्रपाको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वार्ता  गर्न उपाध्यक्षद्वय बुद्धिमान तामाङ्ग, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको हो ।   उनीहरुले एकता र सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय गर्नेछन् । 

प्रवक्ता सुशील कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सरकारद्वारा संसदमा प्रस्तुत भएको आ.व. २०७५÷०७६ बजेट सन्तुलित र सकारात्मक देखाउन खोजिएतापनि विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएको उल्लेख गरिएको छ । 
राप्रपाले  बजेटले नेपाली जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसकेको पनि दाबी गरेको छ। 
यस्तै २. सशस्त्र द्वन्द्व कालमा कर्तव्य ज्यानमुद्धाको अभियोग लागी सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्व सहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाईको पनि आलोचना गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया