निर्धन उत्थानले ३० कराेड बाेनस, १८ कराेड नगद बाँड्ने

४ बर्ष अगाडि

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४० दशमलव ५३ प्रतिशत  लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत  बोनस र १५ दशमलव ५३ प्रतिशत नगद गरी कुल ४० दशमलव ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्ने भएकाे छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्धनले जनाएको छ ।

अघिल्लो वर्ष निर्धनले २० प्रतिशत  बोनस र २२ दशमलव ११ प्रतिशत नगर लाभांस गरी ४२.११% लाभांश वितरण गरेको थियो । 

हाल निर्धनको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म निर्धनले ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २३ पैसा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया