मेस्सीको चोटले चम्किएका १६ बर्षे फाटीको चर्चा चुलिदै

४ बर्ष अगाडि

लिा लिगामा बार्सिलोनाले भ्यालेन्सिया विरुद्धको खेलमा जित निकाल्दा १६ बार्षिय ठिटो अंसु फाटीले कम उमेरमा बार्सिलोनालका लागि गोल गर्ने खेलाडी बने । स्टार खेलाडी लियोनल मेस्सीको लगातारको चोटका कारण यी युवा खेलाडीले भ्यालेन्सिया विरुद्धको खेलमा मौका पाएका थिए ।

यसअघि रियल बेटिस विरुद्ध बार्सिलोना हार्दा फाटीले १६ बर्ष दुई सय ९८ दिनका थिए । त्यसको दुई सातापछि ला लिगामा नै आसोसुना विरुद्ध बार्सिलोनाले दुई दुई गोलको बराबरी खेल्दा उनी कम उमेरमा क्लवका लागि गोल गर्ने कीर्तिमान बनाए ।

चोटका कारण स्टार खेलाडी लियोनल मेस्सी लगातार टिम बाहिर हुनु डिम्बेले पनि प्लेइङ सेटबाट बाहिर हुनको फाइदा फाटीले पाए । प्रशिक्षक इरनेस्टो भाल्भेर्डीले फाटीलाई रिक्स लिदै सेटमा राखे । बार्सिलोनाका लागि पनि निकै महत्वपुर्ण खेलका रुपमा हेरिएको भ्यालेन्सिया विरुद्धको खेलमा फाटीले आफ्नो क्षमतालाई उत्कृष्ट तरिकाले देखाए । खेलको दुई मिनेटमा नै उनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ५ मिनेटमा फेरी उनले एउटा पास पनि मिलाई दिए ।

ला लिगामा सानो उमेरमा एउटा गोल र एसिस्ट गर्ने उनी पहिलो खेलाडी बनेका छन । पहिलो हाफमा उनी दुई पटक गोलको नजिक पुगेका थिए । लिटिल वन्डर बार्सा किटका बारेमा यतिबेला सर्वत्र चर्चा रहेको छ । बार्सिलोनामा देखाएको उनको क्षमताले पक्कैपनि अर्को महिना हुने यू–१७ विश्वकपका लागि उनले ढोका खोल्न सक्नेछन ।


गुयनामा जन्मिएका फाटी पोर्चुगलमा हुर्किएका थिए । पछि उनी परिवारसँग स्पेन सरेका थिए । सो बेला उनी सेभियाको एकेडेमीमा प्रशिक्षण लिएका थिए । उनी १० बर्षको हुँदा बार्सिलोनाले खरिद गरेको थियो । उनलाई ल्याउन रियल मड्रिडले पनि निकै प्रयास गरेको थियो तर उनका पिताले अस्विकार गरे ।

कातालान डेली स्पोर्टका अनुसार फाटीले आफ्नो यो मौका लाई त्यतिकै खेर जाने दिनेमा छैनन् । उनले गत महिना डेब्यु गर्दा कुनैपनि बच्चाका लागि सपना हुन्छ, ला मासियामा डेब्यु गर्नु । सो बेला नै मेस्सीले उनलाई अंकमाल गर्दै बधाई दिएका थिए ।

फाटीको प्राकृतिक क्षमता रहेका फाटीका बारेमा उनका पिताले सात बर्षको उमेरमा उनी स्पेन आएका थिए, उनी भन्दा अगाडी म आएको थिए, तर मलाई सुरुवातमा थाहा थिएन, उनले फुटबल खेल्छन भनेर ।

गत महिना रियल बेटिस विरुद्ध सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गर्दा ला लिगाको इतिहासमा कम उमेरमा डेब्यु गर्ने उनी दोस्रो खेलाडी बनेका थिए । जसलाई उनका पिताले निकै खुसीको क्षण मानेका छन ।

एक महिना भित्रमा फाटीले सिनियर बार्सा टिमबाट तीन वटा खेल खेलेका छन । जसमा दुई गोल गरेका छन । बार्सिलोनाले भ्यालेन्सियालाई हराएपछि आफ्नो आधिकारीक पेजमा लेखेलको छ, अंसु फाटी भन्ने नाम सम्झिराख्नु, आगामी दिनमा अरु कीर्तिमान पनि आउनेछन ।

४ बर्ष अगाडि

प्रतिक्रिया