तपाईंलाई थाहा छ ? मानिसको मृत्युपछि के हुन्छ ?

४ बर्ष अगाडि

एजेन्सी । गरुण पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ । 

गरुड पुराणमा भनिएको छ मृत्यु पश्चात आत्मालाई यमदुतले २४ घण्टा लिएर जाने र यही २४ घण्टाका दौरान आत्मालाई हेर्ने काम गरिन्छ कि उसले पाप कति गरेको छ र कति पुण्यको काम गरेको छ । 

यस पश्चात आत्मालाई त्यही घरमा छोडिन्छ जहाँ उसले शरिरको त्याग गरेको थियो । त्यस पश्चात १३ दिनसम्म आत्मा घरमा नै रहन्छ  । १३ दिन पश्चात आत्मालाई फेरि लिएर गइन्छ । 

पुराणकाअनुसार जब कोही मानिसको मृत्यु हुन्छ र आत्माले शरिर परित्याग गर्छ यसबीच उसलाई तीन प्रकारका मार्ग मिल्छन् । ती मार्गहरु अर्चि मार्ग, धुम मार्ग र उत्पति विनाश मार्ग हुन् । यो मार्गहरु १३ दिन पश्चात मिल्छ । 

ती मार्गहरु उसले गरेका कर्मका अनुसार मिल्नेगर्छ । अर्चि मार्गले ब्रम्हालोक र देवलोकका यात्रा गराउँछन् । धुम मार्गले पितृलोकको यात्रामा लिएर जान्छन् । उत्पत्ति विनाशको मार्गले नर्कको यात्रा गराउनेछ । 

यसरी आत्मा अलग अलग मार्गको यात्रा गर्छन् । यो कर्मका अनुसार यमराजद्वारा निश्चित गरिएको समयका लागि हुनेछ । अर्चि मार्ग ब्रम्हलोक उत्तम मानिन्छ । यदि कोही मानिसले जीवनभर कुनै पनि पाप गरेको छैन र नराम्रो कर्म गरेको छैन भने उसले मोक्ष पाउने गर्छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया