दमका विरामीले व्यायाम गर्दा हुन्छन् यस्ता फाइदा

५ बर्ष अगाडि

काठमाडौँ– दम तथा खोकीका रोगीले श्वासप्रश्वाससम्वन्धी व्यायाम गर्दा फाइदा हुने अध्ययनले देखाएको छ । भक्तपुरमा गरिएको पछिल्लो तीन बर्षको अध्ययनले दम खोकीका बिरामीले व्यायाम गर्दा फाइदा हुने देखिएको हो । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पल्मोनरी एण्ड क्रिटिकल केयर मेडिसिन विभाग, सोलिड नेपाल र जापानी सहयोग नियोग९जाइका०ले संयुक्त रूपमा गरेको उक्त अध्ययनले दमरोगीले व्यायाम गर्दा स्वाथ्यमा सुधार भएको बताएका थिए । 
व्यायाम गर्दा मांसपेशीहरू सुगङ्गठित हुने, श्वासप्रश्वासमा सजिलो हुने, छातीको मांसपेशी पनि तन्दुरुस्त हुनुका साथै सामाजिक सांस्कृतिक रूपमा सहजता हुने अध्ययनले देखाएको छ । 
दमखोकीका दीर्घ रोगीले औषधिसँगसँगै स्वाशप्रश्वाससम्बन्धी व्यायाम गराउँदा रोगको प्रभाव कम भएको छ, अध्ययनमा सहभागी डा। खेम कार्कीले बताउनुभयो । उहाँले यसबाट गुणस्तरीय जीवनयापन गर्न सहज हुने समेत जानकारी दिनुभयो । 
विश्वमा २५ करोड मानिसलाई दमखोकी छ भने तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको मृत्यु हुनेगरेको छ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपाल जस्तो अल्पविकसित वा विकासशील मुलकका नागरिक छन् । 
नेपालमा दमखोकीका नौ लाख ६० हजार विरामी रहेको विश्व रोगभार सर्वेक्षण २०१६ ले देखाएको छ । विश्वमा प्रति लाख तीन हजार छ सय जनामा दमखोकी छ भने नेपालमा चार हजार आठ सय जनामा छ । 
त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रति लाखमा १२० महिला र १०३ पुरुषको दम तथा खोकीकै कारणले मृत्यु भइरहेको छ । 
डा। कार्कीले दमखोकीका कारण मृत्यु हुनेको संख्यामा महिलाको संख्या बढी रहेको बताउनुभयो । तथ्याङ्क अनुसार नेपालमा दमखोकीको समस्या अत्यधिक छ । दमखोकी लागिसके पछि निको नहुने हुँदा अस्वस्थ मानिसको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । 

डा। कार्कीले बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने गरेको बताउनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा। करविरनाथ योगीले दमखोकीका प्रमुख कारक तत्वमा धुमपान र वायुप्रदुषण मुख्य रहेको बताउनुभयो । 
उहाँले धुम्रपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको भन्दै अहिले पनि २७ प्रतिशत पुरुष र छ प्रतिशत महिलाले धुमपान गर्ने गरेको जानकारी दिनुभयो । 
कूल रोगीमध्ये ३१ प्रतिशत मानिस भने अरूले धुम्रपान गर्दा निस्केको धुँवाबाट प्रभावित हुने गरेका छन् । डा। योगीले घर भित्र आगो बाल्दा निस्केको धुवाँ र वायु प्रदूषण पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले नेपालमा शहरी क्षेत्रमा वायु प्रदुषण तीव्र गतिले बढ्नुको प्रमुख कारण सवारी साधनको संख्यामा भएको व्यापक वृद्धि हो भन्नुभयो । 
सन् २००० मा २ लाख ५० हजारको सङ्ख्यामा रहेका सवारी साधन सन् २०१७ सम्ममा आउँदा करीब २४ लाख पुगेको छ । त्यसै गरी ६६ प्रतिशत घरमा खाना पकाउन वा अन्य घरेलु प्रयोजनका लागि दाउरारगुईठा बाल्ने अवस्था छ । दमखोकीका विरामीका लागि आवश्यक आधारभुत औषधीहरू राज्यले निशुल्क रूपमा प्रदान गर्दै आएको छ । जीवनभर औषधी खानुपर्ने भएकाले विरामीहरूको जीवन कष्टकर बन्दै गएको उहाँको भनाई छ । 
उहाँले दमखोकीका विरामीलाई औषधी सँगसगै छातीलाई तन्दुरुस्त राख्ने अभ्यास खानपिन र जीवनशैलीसँग सम्बन्धित आनीबानीमा परिवर्तन ल्याउने गरी तयार गरिएको श्वासप्रश्वास व्यायाम विधिको सही उपयोगले रोगीको जीवनमा सकारात्मक परिवर्तन आउने कुरा नेपालमै गरिएको प्रयोगबाट सिद्ध भैसकेको बताउनुभयो । 
तीन वर्ष लगाएर अध्ययन गरिएको रिपोर्ट सार्वजनिक कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्यमा अर्यालले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सूर्तिमा लगाइदै आएको करको दरमा वृद्धि गर्ने तथा कानुन कार्यान्वयमा जोड दिने थालनी गरेको बताउनुभयो, गाेरखापत्र दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया