सनराइजको सामूहिक लगानी कोष योजना असोजदेखि आउँदै

४ बर्ष अगाडि

काठमाडौं  सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले रु १ अर्बको सनराइज फस्र्ट म्युचअल फण्ड निष्कासन गर्न लागेको छ ।

सनराइजले असोज ८ गतेदेखि रु १० दरका १० करोड इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।

म्युचअल फण्ड निष्कासन बन्द छिटोमा असोज १२ र ढिलोमा कात्तिक ७ गतेलाई तोकिएको योजना व्यवस्थापक सनराइजले जनाएको छ । कोषको प्रवद्र्धकमा सनराइज बंैक रहेको छ ।

कुल निष्कासनको १५ प्रतिशत अर्थात रु १ करोड ५० लाख कित्ता सनराइज बंैक र बाँकी  आठ करोड ५० लाख साढे ८ करोड इकाई निष्कासन गरिएको छ । न्युनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइने सनराइजले जनाएको छ । योजनाको अवधि १० वर्षको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया