एपिएफलाई हराउँदै गण्डकी तेस्रो, उपाधिका लागि आर्मी र पुलिस भिड्दै

४ बर्ष अगाडि

सर्वाधिक धनराशीको घरेलु भलिबल प्रतियोगिता ‘प्रथम प्रकाश दाहाल स्मृति दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता’को फाइनलमा विभागिय टिम आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । तेस्रो स्थानका लागि भएको प्रतियोगितामा भने गण्डकी प्रदेशले अर्को विभागिय टिम एपिएफ क्लबलाई पराजित गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको प्रतिस्पर्धामा गण्डकीले ३–२ को सेटमा एपिएफलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । सुरुका दुवै सेट गुमाएको गण्डकी प्रदेशले उत्कृष्ट कमब्याक गर्दै जित हात पार्न सफल भयो ।

गण्डकी एपिएफद्वारा सुरुवाती सेटमा २६–२४ र २५–२३ ले पराजित भएको थियो । तर, उत्कृष्ट कमब्याक गरेको गण्डकी पछिल्ला तीन सेटमा २५–२१, २५–१९ र १६–१४ ले विजयी भयो ।

तेस्रो भएको गण्डकीले नगद पुरस्कार रु १ लाख प्राप्त गर्‍यो भने एपिएफले चौथो हुँदै ५० हजार जितेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया