डेंगु–प्रतिरोधी लामखुट्टेको विकास गर्दै वैज्ञानिक, यसरी गर्नेछ डेंगु नियन्त्रण

४ बर्ष अगाडि

यतिबेला दक्षिण एसिया नै लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमणमा आक्रान्त बनेको छ । फिलिपिन्स, भियतनाम, म्यानमार र कम्बोडियामा डेंगुको कारण भयावह स्थिती सिर्जना भइसकेको छ । 

नेपालमा पनि डेंगुको ६६ भन्दा बढी जिल्लाहरुमा डेंगुको संक्रमण देखिइसकेको छ । पृथ्वीमा बढ्दै गएको तापक्रम र बचाउका प्रयाप्त उपाय नहुँदा डेंगुको संक्रमण फैलिएको विशेषज्ञहरुले बताएका छन् । 

यसैबीच, वैज्ञानिकको एक समुहले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु नियन्त्रण गर्नको लागि डेंगु–प्रतिरोधी लामखुट्टे उत्पादन गर्नको लागि अध्ययन तथा अनुसन्धान गरिरहेका छन् । ती लामखुट्टेहरुलाई विभिन्न ९ देशमा परीक्षणको लागि छोडिनेछ ।

लामखुट्टेसम्बन्धी रोगहरुको निदानको लागि वैज्ञानिकहरु विश्व लामखुट्टे कार्यक्रम (डब्ल्यूएमपी)मार्फत काम गरिरहेका छन् । नर र मादा एडिज (डेंगु फैलाउने लामखुट्टे) नामक दुई प्रजातीका लामखुट्टे जंगलमा छोडिनेछ । जंगलमा छोड्नुअघि ती लामखुट्टेहरुमा रोग प्रतिरोधी ब्याक्टेरिया भोल्बाचियाले संक्रमित गराइनेछ । त्यसपछि ती दुई लामखुट्टेको मिलनबाट भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टेहरु पैदा हुनेछन् । जसले रोग प्रतिरोधीको रुपमा काम गर्नेछ । यसले डेंगु मात्र होइन अन्य लामखुट्टेसम्बन्धी रोगहरु लाग्नबाट बचाउँनेछ । 

पहिलो पटक यस्तो परीक्षण अष्ट्रेलियामा गरिएको थियो । भियतनाममा डब्ल्यूएमपीको प्रोजेक्ट कोअर्डिनेटर गुएन बिन्ह गुयेनले भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोड्ना डेंगु नियन्त्रणमा आएको बताए । 

गुएनको टिमले दक्षिणी भियतनामका डेंगु संक्रमित जिल्लाहरुमा करिब डेढ लाख भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोडेको बताए । जसले ८६ प्रतिशत डेंगु नियन्त्रण भएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया