नेपाल नेटवल संघको आयोजनामा दक्षिण एसियाली नेटबल च्याम्यिनसिप हुँदै

४ बर्ष अगाडि

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू–१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । 

आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानाकारी दिएको हो । 

प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा  आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । 

लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् । 

उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने  छ  । यसअघि स्कुल स्तरिय यू १६, यू २१  र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ । 

कसरी खेलिन्छ नेटवल  ?

नेटवल खेल क्यानडावाट सुरु भएको हो विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको  छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो । यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ । यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया