क्रिकेट प्रेमीलाई खुसीको खबर, क्यानको निलम्बन फुकुवा अक्टोबरमा

४ बर्ष अगाडि

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेट संघ (क्यान)को निलम्बन अक्टोबरमा फुकुवा गर्ने भएको छ । 

क्यानले विशेष साधारणसभाबारे सहमति जुटाएपछि अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले बताए । 

आज आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच भएको छलफलमा क्यानको अधिवेशन असोज १० र ११ मा हुने सहमति भएको छ । 

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख काठमाडौं आएपछि आज छलफल भएको हो । 

आफूले आईसीसीका प्रतिनिधिसँग निलम्बन फुकुवा लगायतका विषयमा पनि कुराकानी गरेको सिलवालले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया