दसैंका लागी ल्याइएका चिनियाँ पोसाक भन्सारमै अलपत्र

४ बर्ष अगाडि

काठमाडौं – रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध हुँदा दसैं र तिहारका लागि आयात गरिएका अर्बौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । 

पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–गाङ सडकखण्ड अवरुद्ध छ। उक्त सडक तत्काल खुल्ने अवस्था छैन ।

पहिरोका कारण मैलुङ–स्याफ्रबेंसी सडकखण्ड पनि अवरुद्ध रहेको छ ।दसैंमा चिनियाँ तयारी पोसाकको बढी आयात हुने गरेको छ । 
कान्तिपुर दैनिक 

४ बर्ष अगाडि

प्रतिक्रिया