पुँजीगत लाभकरले सेयर बजारमा आतंक, ३३.७१ अंकको गिरावट

५ बर्ष अगाडि

सेयर बजारमा ३३.७१ अंकको गिरावट आएको छ । १२७३.९५ अंकमा अडिएको आजको बजारमा ५४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । १५५ कम्पनी सामेल आजको बजार समग्रमा २.५८ प्रतिशतले घटेको हो । 
बजेटले पुँजीगत लाभकर बढाउने घोषणा गरेपछि सरकारले आजबाटै लागु हुने गरी  बोनस सेयर र हकप्रदमा पुँजीगत लाभकर बढाएर लागु गरेको छ । हकप्रद र बोनस सेयरमा अंकित चुक्ता मूल्यकै आधारमा लाभकर गणना गर्न निर्देशन दिएपछि आइतबारको बजारले पनि गति लिन सकेन । आजैदेखि लगानीकर्ताले बोनस र हकप्रदमा अंकित चुक्ता मूल्यमा लाभकर तिर्नुपर्ने भएको छ । 
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समुहमा गिरावट ठुलो गिरावट आएको छ । उत्पादन तथा प्रशोधन भने ३५.८८ अंकले बढेको हो । सबैभन्दा बढी बिमा समुह २९०.८३ अंकले घटेको छ । होटल समुह ६१ अंकले घटेको छ भने जलविद्युत समुह ३३.०९ अंकले घटेको छ । बाँकी सबै समुहमा गिरावट आएको छ । 
बजार घट्दा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । राष्ट्रिय बिमा कम्पनीको ३ करोड ७६ लाख रुपैयाँको संस्थापक सेयरको कारोबार भएको छ । दोस्रो र तेस्रो मा बढी कारोबार हुनेमा क्रमशः नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीको साधारण सेयर रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया