लाभांश लिने कि शेयर बेच्ने ? लगानीकर्ता अन्योलमा,  अर्थमन्त्री माथी आरोप

४ बर्ष अगाडि

 
नेप्सेमा सुचीकृत कम्पनीले धमाधम लाभांश बितरण गरिरहेका छन् ।

तर अहिले निरन्तर ओरालो लागी रहेको शेयर बजारेका कारण कम्पनीले वितरण गर्ने लाभांश बुक गर्नतिर लाग्ने भन्दा पनि लगानीकर्ताले शेयर बिक्री गर्न तर्फ लागेकाछन् ।यो समयमा साना लगानीकर्ता डराएर शेयर बिक्री गरिरहेका छन् भने ठूला लगानीकर्ता शेयर बजारमा लगानी गर्न डराइरहेका छन् । 

। सरकारको अस्थिर नीतिका कारण शेयर किनबेच नाजुक अवस्थामा पुगेको लगानीकर्ताको गुनासो रहेको छ ।आज भोली शेयर लगानीकर्ता बजारमा गिरावट ल्याउने मुख्य पात्रका रुपमा अर्थमन्त्री युराज खतिवडालाई आरोप लाउने गरेकाछन् ।

हुन पनी खतिवडा अर्थमन्त्री भएयता शेयर बजार करिब २५० अंकले घटेको छ त्यस्तै बजार पुँजीकरण साढे २ खर्ब रुपैयाँले तल झरेको देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया