यसरी हुन्छ कालीमाटी तरकारी बजारमा लुट, सटर भाडा मात्रै तीन लाख माथि

५ बर्ष अगाडि

काठमाडौं  । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएपनि देशका अन्य क्षेत्रमा चरम रुपमा एकाधिकार कायमै रहेको छ ।

विशेष गरी दैनिक उपभोग्य वस्तुको कारोबार हुने निकाय तथा क्षेत्रमा समेत चरम रुपमा एकाधिकार रहेको छ ।

खेती गर्ने किसान सबैभन्दा बढी एकाधिकारको मारमा परेका छन् । जुन सुकै सरकार आएपनि किसानले राहत नपाएको र विचौलिया भने दिन दिनै करोडपति हुने अवस्था रहेको छ ।

खेती गर्ने किसान मारमा पर्ने तर विचौलिया भने मोटाउने प्रवृत्तिको अन्त्यका लागि कडा कदम चाल्नुपर्ने आवश्यतकता रहेको छ । सरकारी निकायको मौनता तथा उपभोक्ता समेत निरिह बन्दा विचौलियाको दादागिरी बढेको हो ।

विशेष गरी काठमाडौँमा खपत हुने तरकारी तथा कृषि उपजमा रहेको विकृति हटाउन न त विगतका सरकारले कुनै पहल गरे । न त वर्तमान सरकारले नै त्यतिातिर ध्यान दिएको छ ।,

यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्यपछि सरकारले कृषि क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने घोषणा गरेको थियो ।

सो कार्यक्रम घोषणमा मात्रै सिमित रहेको भन्ने भनाई आइरहेको बेला पछिल्लो दिनमा भने सरकारले सो क्षेत्रको सुक्ष्म अध्ययन सुरु गरेको जनाएको छ ।

सामान्यता, काठमाडौँ उपत्यकाको कृषि उपज तथा तरकारीको आपूर्ति गर्ने निकायको रुपमा कालीमाटी तरकारी बजारलाई लिइन्छ । राजधानीको तरकारी आपूर्तिमा नाम कमाएको कालीमाटी तरकारी बजार नै चरम रुपमा  एकाधिकारको मारमा परेको छ ।

सो तकारी बजारमा एउटा पसल तथा सटरको भाडा कति होला श्र सामान्यतया हिसाब गर्दा तपाईले ठान्नुहुन्छ , १५ देखि २० हजार रुपैयाँ होला । तर तपाईको अनुमान गलत सावित हुन जान्छ ।

कालीमाटी तरकारी बजार भित्रको भाडा सामान्यता एउटा सटरको मात्रै रु दुई लाख भन्दा माथि रहेको छ ।

विचौलियाले सस्तोमा सटकर भाडामा लिने र महंगोमा लगाउने गरेका छन् । जससा कारण तरकारीको मूल्य समेत हरेक समय आकाश छुने खालको हुन पुगेको छ ।

अलिक ठूला खालको सटरको भाडा रु दुई लाखबाट सुरु भएर ३ लाखसम्म रहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी समेत विचौलियासँग मिलेर किसान र उपभोक्ता समेत ठगी गर्न उद्यत् रहेका छन् ।

उनीहरुले किसान तथा उपभोक्तालाई ठगेर विचमा बसेर कमाऊ धन्दा चलाएका छन् ।

यस कुराको खुलासा आज विहान भएको हो ।

कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमनका लागि पुगेका कृषि मन्त्री चक्रापाणी खनाल तरकारी बजारको सटरको भाडा सुन्दा जिभ्रो मात्रै टोकेनन् । उनले काठमाडौँमा तरकारीको भाऊ बढ्नुको कारण समेत पत्ता लगाए ।

तरकारी बजारका व्यापारी नवराज मैनालीलाई कृषि मन्त्रीले सोध – नवराज जी यो सटरको भाडा कति तिर्नुहुन्छ ? मन्त्री अनुगमनमा आएको भन्दै विचौलिया अघि पछि लागेका थिए । उनीहरुले ज्यादतीको पोल खुल्ला भनेर पहिल्यै व्यापारीलाई सजग समेत गराएका थिए । किनकी गलत कुराको पोल नखुलोस् ।

व्यापारी नवराजले भने मन्त्री ज्यू भनेर के हुन्छ, आज मात्रै होइन, भोलि पनि हामीले व्यापार गर्नुपर्छ ।

उनको त्यस्तो प्रतिक्रिया पछि मन्त्री खनालले भने – भन्नुस न अब त्यस्तो हुँदैन । विचौलियाहरु अगाडि थिए । भाडा त सस्तो छ हजुर मात्रै महिनामा दुई लाख ५० हजार मात्रै हो ।

व्यापारी नवराजको कुरा सुनेपछि कृषि मन्त्री खनालले जिभ्रो टोके ।

 आज  बिहानै मन्त्रालयका कर्मचारी र सञ्चार कर्मीहरुलाई लिएर कालीमाटी तरकारी बजार निरिक्षणमा पुगेका मन्त्री खनालले ११ हजारका सटरलाई बिचौलियाले २ लाख देखि ३ लाखसम्ममा बेचिरहेको तथ्य फेला पारे ।

उनले विचौलियाको चंगुलमा फसेको तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा पनि गरे ।

उनले भने ‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले तीन लाख लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए’, मन्त्री खनालले भने ।

उनले एक पटक सटरको टेण्डर लगाएपछि १५ बर्षसम्म नचलाउने प्रक्रियाको पनि अन्त्य हुने बताए ।

उनले सटर टेण्डर लगाउने सम्बन्धी नै पूरानो भएका कारण उपभोक्ता मारमा परेको बताए ।

उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए ।

कालीमाटी फलफुल तथा तरकारी बजारका प्रमुख तेजेन्द्र प्रसाद पौडेलले मन्त्रीको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । व्यापारीले भने तरकारी बजार व्यवस्थापनका कारण नै आफुहरु समस्यामा परेको बताएका थिए । व्यापारीले त्यसो भन्दा प्रमुख पौडेल चुपचास बसेका थिए । मन्त्री खनालले तपाईले नै त्यस्तो प्रवृत्तिको संरषण गरिरहनु भएको रहे छ नी प्रश्न गरे ।

मन्त्रीको प्रश्नको उत्तर नदिइ पौडेल फोन आएको भन्दै चुपचास बसे । यसबाट पनि थाहा हुन्ँछ राजधानीबासीलाई महंगोमा तरकारी बेच्न कालीमाटी तरकारी बजारका सरकारी अधिकारी नै संलग्न भएका छन् । उनीहरुलाई कारवाहीका लागि सरकारले कस्तो कदम चाल्ला त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया