भियाग्राको लतले बनाउन सक्छ पुरुषलाई नपुशंक र महिलामा बाँझोपन

४ बर्ष अगाडि

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जसको परिणाम यौनवर्धक औषधिहरुको प्रयोग प्रचुर मात्रामा बढ्दै गइरहेको छ । वैवाहिक जीवन सफल पार्न होस् वा आफ्नो यौन साथीसँगको सम्बन्ध प्रगाढ बनाउन होस् यौनसम्बन्धको समयमा हुने समस्या समाधानको लागि पुरुषहरुले भियाग्राको प्रयोग गर्ने गरेको पाइन्छ ।

के हो भियाग्रा ?
भियाग्रा एक जर्मन ट्याबलेट हो । यो ट्याबलेटको सेवनपछि यौन सम्पर्कको लागि शक्ति प्राप्त हुने गर्छ । यो हरेक औषधि पसलमा पाइन्छ । र यो यस्तो औषधि हो जुन पछिल्लो समय बजारमा सर्वाधिक बिक्री हुने गरेको छ ।

भियाग्राका असरहरुः


१. भियाग्राको अधिक सेवनले तपाईको आत्मविश्वासमा ह्रास ल्याउँछ । यसको प्रयोगविना तपाई आफूलाई कमेजोर महसुस गर्न‘हुन्छ । जसको कारण तपाईलाई यसको नराम्रो लत लाग्नसक्छ । 

२. भियाग्राको प्रयोग गरेर यौनसम्पर्क राख्दा तपाईको यौनसाथी दुविधामा पर्न जान्छ । यौनसाथी सन्तुष्ट भइसकेपछि पनि तपाईले लगातार यौनसम्पर्क राख्दा तपाईको सम्बन्ध विग्रिन सक्छ ।

३. भियाग्राको प्रयोगले अन्धोपनाको साथसाथै दृष्टिमा पनि समस्या ल्याउँछ । जस्तो कि धमिलो देख्ने, नीलो र हरियो रङ्गको बीचमा अन्तर छुट्याउन कठिन हुने आदि समस्या निम्तिन सक्छ ।

४. भियाग्राको प्रयोग गर्नु नै परेको खण्डमा डाक्टरको सल्लाह लिन सक्नुहुन्छ । किनकी यसको अत्याधिक प्रयोगले मुटुसम्बन्धि समस्या देखापर्न सक्छ । जस्तैः छातीमा पीडा हुने, रक्तचाप अचानक कम हुने आदि ।

५. महिलाले पनि यौन उत्तेजना बढाउनको लागि निलो रङगको गोलीको प्रयोग गर्छन् । यो गोलीले महिलामा बाँझोपन निम्तिन सक्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया