राष्ट्रिय झण्डा समाउन र घरमा राख्न नयाँ नियम, कहाँ कुन आकारको झण्डा राख्ने ?

४ बर्ष अगाडि

सरकारले  राष्ट्रिय झण्डा समाउन र राख्नका लागि पनि कार्यविधि संसोधन गरी नयाँ नियम ल्याएको छ । यसअघि सरकारी कार्यालयमा मात्रै राख्न पाउने झण्डा अब नागरिकको घर तथा गैर सरकारी संस्था र सवारीसाधमा समेत राख्न पाइने गरि नियम ल्याएको हो । 

यसवर्षको संविधान दिवसमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हषोएल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा रहेकोले घर घरमा राष्ट्रिय  झण्डा राख्नका लागि नयाँ नियम बनाएको हो। 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सरकारले कार्यविधि संसोधन गरी नागरिकका घरमा समेत झण्डा फहराउन सक्ने प्रावधान ल्याएको बताए । 

नेपालको संविधानको धारा ८ मा उल्लेख भएबमोजिम सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो । 

राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ को प्रथम संसोधन अनुसार कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा निम्नानुसारको व्यवस्था छ :
–    संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको लम्बाइ आठ र चौडाइ छ फिटको हुनुपर्ने  
–    नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सङ्घ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ छ र चौडाई चार फिट हुनुपर्ने 
–    संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी सङ्घसंस्था तथा नेपाली नागरिकले व्यक्तिगतरूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ चार र चौडाइ तीन फिट हुनु पर्ने 
–    व्यक्तिगतरूपमा नागरिकले घरघरमा उक्त आकारको झण्डा फहराउन सक्नेछन् ।  
–    संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर 
–    नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा हातहातमा लिएर हिँड्को लागि लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर 
–    राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा विदेशी पाहुनाहरुको सवारीका बखत सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको लम्बाइ तीन र चौडाइ २.५ फिट 
–    टिसर्टमा प्रयोग गर्नका लागि : सेतो टिसर्टमा छातीमा मुटुको अगाडि पछाडि पर्नेगरी टिसर्ट लगाउन सकिने
      
 

४ बर्ष अगाडि

प्रतिक्रिया