अन्तरबैंकिङ पिओएस सेवा संचालनमा, एटीएम कारोबार सुचारु हुन भने अझै केहि समय लाग्ने

४ बर्ष अगाडि

एटिएम ह्रयाकरहरुले ह्रयाक गरेपछि अबरुद्ध भएको अन्तरबैंकिङ प्वाइन्ट अफ सेल (पिओएस) सेवा हिजोबाट संचालनमा आएको छ ।

ह्याकरहरूले एटीएम ह्याक गरी पैसा निकालेपछि बन्द भएकाे अन्तरबैंकिङ पिओएस सेवा हिँजाेदेखि सञ्चानमा आएको नेपाल इलेक्ट्राेनिक्स पेमेण्ट सिस्टम (नेप्स) ले जनाएकाे छ । 

अनाधिकृत रुपमा विभिन्न बैंकहरुबाट विदेशी नागरिकहरुले  रकम निकालेपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले बैंक तथा वित्तीय सँस्थाको कारोबारहरु आफ्नै एटिएम तथा पिओएस बाट मात्र प्रयोग गर्न मिल्ने ब्यवस्था गरेको थियो ।

तर भाद्र ३१ बाट भने चिप प्रणाली स्वीकार गर्ने प्वाइन्ट अफ सेल (पिओएस) मार्फत  हुने भुत्तानीका कारोबारहरुलाई सुचारु गरिएको नेप्सले जनाएको छ ।

नेप्सका अनुसार आजबाट कुनै पनि पिओएसको भुक्तानी आधारित पिओएस मेसिनबाट गर्न सकिनेछ ।

एटिएमको माध्यमबाट नगद झिक्ने र अनलाईन कारोबारहरुको भुत्तानी गर्ने प्रणाली संचालन गर्न भने थप केहि समय लाग्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया