दँशै तिहार मनाउन पनि भत्ता लिन्छन स्थानीय तहका जनप्रतिनिधि

४ बर्ष अगाडि

स्थानीय तहका जनप्रतिनिधिले चाडपर्व मनाउनका लागि राज्यकोषबाट खर्च लिने गरेको फेला परेको छ।

देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले दँशै र तिहार खर्च लिएर १ करोड पाँच लाख राज्यकोसको दुरुपयोग गरेका हुन् । 

रामेछापको मन्थली नपाका जनप्रतिनिनिधिले आर्थिक वर्ष २०७४/०७५ मा दँशैखर्च भन्दै एक महिनाको तलव बराबरको रकम समेत लिएका छन् । मन्थलीमा दशै खर्चका लागि रु ६ लाख ८८ हजार खर्च भएको छ। 
देशभरीका स्थानीय तहको सुविधा सम्बन्धी कानून प्रदेशहरुले बताएका छन् । कुनैपनि प्रदेशको स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी ऐनमा जनप्रतिनिधिले दँशैखर्च पाउने व्यवस्था छैन । 

तर सबै प्रदेकका केही स्थानीय तहले चाडपर्वको खर्च लिएका छन् । त्यसमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका पनि अगाडी छ ।

जहाँका जनप्रतिनिधिले रु.७ लाख चाडपर्व खर्च लिएका छन् । 

रुकुकपूर्वकै सिस्ने गाउँपालिकाका जनप्रतिनिधिले रु.४ लाख ७३ हजार र संखुवासभाको सिलीचोङ गाउँपालिकामा २९ जना जनप्रतिनिधिले दशैं खर्च बापत रु.५ हजारका दरले रु.१ लाख ४५ हजार भत्ता लिएका छन् । 

बैतडीको शिवनाथ गाउँपालिकाले रु.३ लाख २३ हजार, कैलालीको बर्दगोरिया गाउँपालिकाले रु.३ लाख २३ हजार, कैलालीकै जोशीपुर गाउँपालिकाले रु.२ लाख ८६ हजार, डोटीको पूर्वीचौकी गाउँपालिकाले रु.४ लाख ८० हजार, डोल्पाको ठूलीभेरी नगरपालिकाले रु. २ लाख २० हजार, दैलेखको गुराँस गाउँपालिकाले रु.२ लाख ७ हजार चाडपर्व खर्च बाँडेका छन् । 

निजामति कर्मचारीले चाडपर्व खर्च लिन पाउने प्रावधान छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीले पाउने सुविधाको देखासिकी गरेर भत्ता लिएका हुन् । 

तर कतिपय स्थानीय तहमा कर्मचारीहरुले बदमासी गरेर आफूले थप भत्ता लिने र जनप्रतिनिधिलाई पनि भत्ता लिन लगाएको फेला परेको छ । 

त्यस्ता कर्मचारीले कानूनबिपरीत दोहोरो चाडपर्व खर्च लिएका छन् । वीरगंज महानगर र काठमाडौंको चन्द्रागिरी नगरपालिकाका कर्मचारीले ऐन बिपरीत दोहोरो खर्च लिएको फेला परेको छ । 

वीरगंज महानगरपालिकामा चाडपर्व सुविधावापत दशैखर्च लिएका कर्मचारीहरुले  तिहारमा समेत चाडपर्व भनेर रु ९५ लाख २४ हजार २४ हजार ९१०  झ्वाम पारेका छन् ।   

स्थानीय सरकार संचालन ऐन, २०७४ मा कर्मचारीले यसरी चाडपर्व खर्च वर्षमा एकपटक एक महिनाको मात्र लिन पाउने व्यवस्था छ । 

उनीहरुले लिएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले छानविन भैरहेको महानगरका लेखाअधिकृत अशोक प्रधानले बताए । 

चन्द्रागिरी नगरपालिकामा ५० जना कर्मचारीले पनि दँशैखर्च लिएपछि फेरी तिहारखर्च भनेर रु ९ लाख ९० हजार १९३ लिएका छन् । प्रमुख प्रशासकीय अधिकृत सीता परियारले २६ हजार ५०२, लेखा अधिकृत गिरि बहादुर बिसुरालले ३३ हजार ५५१ लिएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया