राष्ट्रबैंकले ग्रामिण विकास लघुवित्तको २ लाख ९९ हजार कित्ता शेयर बेच्ने

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बिक्री गर्ने भएको छ। ग्रामिणमा संस्थापक शेयर रहेको राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको २ लाख ९९ हजार ९८२ कित्ता शेयर शेयर विक्रि गर्ने भएको हो । 

अंकित मूल्य १०० रुपैयाँ न्युनतम बिक्री दर तोकेको राष्ट्र बैंकको शेयर बोलकबोल गरेर किन्नु पर्ने हुन्छ। 

शेयर किन्नका लागि ग्रामिणका संस्थापकहरुले कात्तिक ४ गतेसम्म आवेदन दिनु पर्ने छ। संस्थापकहरुले नकिनेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई शेयर बिक्री खुला गर्ने छ।

सबैभन्दा बढि दर रेट हाल्नेले मात्र शेयर पाउने छन्। 

राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका कम्पनीहरुको शेयर बिस्तारै बिक्री गरेर बाहिरिन थालेको छ। त्यही योजना अनुसार राष्ट्र यसअघि नेपाल स्टक एक्सचेञ्जको शेयर बिक्रीमा राखेको राष्ट्रबैंकले यसपटक ग्रामिणको शेयर बिक्री गर्न लागेको हो।

नेपाल स्टक एक्सचेञ्जको सबै शेयर भने बिक्री भएको छैन।

४ बर्ष अगाडि

प्रतिक्रिया