करारमा जागिर खान १ हजार ९८९ पदका लागि ५१ हजारको आवेदन

४ बर्ष अगाडि

स्थानीय तहमा काम गर्नका लागि गृह मन्त्रालयले मागेका १९८९ पदमा ५१ हजारले आवेदन दिएका छन् । 

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि मागेका नासु र खरिदार स्तरका पदको लागि ५१ हजार ३३० जनाले आवेदन दिएका हुन् । 

गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नासु सरहको एमआईएस अपरेटर ९९४ जना र खरिदार सरहको फिल्ड सहायकका लागि ९९५ जना कर्मचारी मागेको थियो । 

त्यसमध्ये एमआइएस अपरेटरका लागि १८ हजार ६१ र फिल्ड सहायकका लागि ३३ हनार २६९ जनाको आवेदन परेको विभागले जनाएको छ । आवेदन दिने म्याद हिँजो ३१ भदौमा सकिएको छ । 

आवेदन दिनेमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३८४ र ४४८, दोश्रोमा जनकपुर १८८ र २२७ तथा तेश्रोमा विराटनगर १२८ र १९५ जना छन् । 

उनीहरु सबैले अनलाइनबाट आवदेन दिएका हुन् । 

विभागले एमआईएस अपरेटरको पदमा आवेदन दिनका लगि कम्प्यूटर विषय लिएर प्रमाणपत्रतह उत्तीर्ण वा प्रमाणपत्र तह उत्तीर्ण गरेर कम्तिमा ६ महिनाको कम्प्युटर तालिम गरेको र फिल्ड सहायकका लागि एसएलसी वा सो सरह उत्तिर्ण गरेको व्यक्ति मागेको थियो । 

जागिरमा छनौट भएपछि करार अवधि बढीमा एक वर्षको रहने र त्यसपछि एकवर्ष थप सम्झौता गर्न सकिने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया