वायुसेवा निगम सुधार्न पब्लिक लिमिटेडमा लैजाउ

४ बर्ष अगाडि

नेपाल वायुसेवा निगम सुधारका लागि गठित समितिले निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ ।

कार्यदलले आज पर्यटनन्त्री योगेश भट्टराईलाई बुझाएको १३ बुँदे प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।  

समितिको सुझाव अनुसार उक्त कम्पनीमा सरकार र सर्वसाधारणको समेत लगानी हुनेछ । 

प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।

तिवेदन बुझ्दै मन्त्री भट्टराईले निगमको सुधारको प्रयास शुरु भएको बताए । ‘हाम्रो एकल निर्णयले सुधारको काम सम्भव हुँदैन,’ उनले भने,’ अब व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा पनि लाग्नुपर्छ । हाम्रो ध्यान अब त्यतातिर जान्छ ।’

उनले निगममाथि अब नेपाल सरकारले दायित्व बढाउने बताए । निगले सरकारसँग लगानी रहनेगरी २० अर्ब अनुदान मागिरहेका बेला मन्त्री भट्टराईले निगममाथि दायित्व बढाउन सरकार सकारात्मक रहेको बताए।
 

४ बर्ष अगाडि

प्रतिक्रिया