फेसबुकले ‘लाइक बटम’ हटाउँदै, लाइक गन्न नमिल्ने

४ बर्ष अगाडि

विश्वभरी लोकप्रिय रहेको फेसबुकले ‘लाइक बटम’ हटाउने भएको छ । फेसबुकले यसको पुष्टि गर्दै अहिलेबाट नै परीक्षण सुरु गरेको जानकारी दिएको छ । 

धेरै लाइक आएको कारण लोकप्रिय हुने र थोरै लाइक आएको कारण पोस्ट हटाउने चलन बढ्दै गएको सन्दर्भमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले लाइकको संख्या हेर्न नमिल्ने बनाउने भएको हो । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् ।

अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन । फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन ।

फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड र जापानका प्रयोगकर्तामा गरिएको उक्त परीक्षणको नतिजा के आयो भन्नेबारेमा अहिलेसमम सार्वजनिक गरिएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया