५० बोरा युरिया किन्दा १० बोरा डीएपी किन्नैपर्ने

४ बर्ष अगाडि

वीरगञ्ज । बाली लगाउने बेलामा डीएपी मलको हाहाकार भएको पर्सामा पर्याप्त मात्रामा डीएपी मल वितरण गर्न नपाएका सहकारीहरूलाई अहिले कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले ५० बोरा युरियासँगै १० बोरा डीएपी किन्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ ।
अहिले युरिया मलको माग भएको बेलामा मल कम आएको भनी प्रतिसहकारी जम्मा ५० बोरा युरिया मल दिने र त्यसमा १० बोरा डीएपी मल लिनैपर्ने बाध्यात्मक व्यवस्था कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले गरेको हो ।
किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले भने, अहिले युरिया मलको खाँचो छ तर कृषि सामग्री कम्पनीले आवश्यक युरिया नदिएर डीएपी किन्नैपर्ने भनेको छ । लाइनमा बसेर आवश्यकता नै नभएको डीएपी लगेर के गर्ने ? एउटा सहकारीलाई ५० बोरा मात्र युरिया मल दिइँदा त्यस क्षेत्रका किसानको मागलाई धान्न नसक्ने उनले बताए । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया