डोल्पो महोत्सव स् मोरिम्ला नाका खोल्न जोड

४ बर्ष अगाडि

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत धोगाउँमा आयोजना गरिएको डोल्पो महोत्सवमा मोरिम्ला नाका खोल्न जोड दिइएको छ । महोत्सवमा सहभागी हुनुभएका प्रमुख अथिति, विशेष अथिति तथा अतिथिहरुले नेपाल–चीन सिमानामा पर्ने मोरिम्ला नाका छिटो खुलाउनुपर्नेमा जोड दिनुभएको हो ।

चीन–नेपाल हुँदै भारतसम्म जोड्ने भेरी करिडोरलाई पूर्णता दिँदै व्यापारिकमार्गको रूपमा विकास गर्नसमेत नाका खुलाउनुपर्ने उहाँहरूले बताउनुभएको हो । रणनीतिक महत्व बोकेको यस सडकखण्डको जाजरकोटदेखि डोल्पा दुनैसम्मको ११८ किमी ट्र्याक खुलाइसकिएको छ । जिल्ला सदरमुकाम दुनैदेखि मोरिम्लासम्म ११० किमी सडकमा मोरिम्लादेखि ताक्सीसम्मको ५० किमी सडकको ट्र्याक खुलाइसकिएको छ । अब धो–लैनी हुँदै दुनैसम्मको ६० किमी सडक निर्माण गर्न बाँकी छ ।
 
उपल्लो डोल्पावासीले यातायातको सुविधा नहुँदा दैनिक उपभोग्य सामग्रीलगायत निर्माण सामग्री खरीद गर्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । उपल्लो डोल्पामा खाद्यान्न बालीको न्यून उत्पादन हुने हुनाले पटक–पटक खाद्य सङ्कट हुने बताउँदै छिटो नाका खुलाए आफूहरुलाई ठूलो राहत हुने स्थानीयवासीको विश्वास छ ।

सत्तरी प्रतिशत कडा चट्टानी भू–बनोट रहेको यस सडक खुलाउनका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको बन्दोबस्त मिलाउने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभयो । महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री पाखरेलले मोरिम, तिन्जे, धो हँुदै सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै निर्माण हुने आश्वासनसमेत दिनुभयो । उहाँले धो तराप उपत्यकामा व्यवस्थित हवाई मैदान र एकीकृत बस्ती निर्माण गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नाका खुलेसँगै प्रत्येक वर्ष खाद्य सङ्कट झेल्दै आएका उपल्लो डोल्पालीलाई खाद्यान्न लत्ताकपडालगायतका दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने धोगाउँका स्थानीयवासी कार्मा लामाले बताउनुभयो ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा विकासमा पछि परेकाले पर्यटन प्रवद्र्धन एवं उपल्लो डोल्पामा राज्यको ध्यानाकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । ‘दर्शन डोल्पाको आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ शुरु भएकोे महोत्सवमा ५०० भन्दा धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो ।

समुद्री सहतदेखि चार हजार २०० मिटर उचाइमा रहेको विश्वकै अग्लो उपत्यका धोमा आयोजना गरिएको डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन्ट विद्यालय रजतजयन्ती यही भदौ २४ गते शुरु भएर २८ गतेसम्म चलेको थियो ।

महोत्सवमा संस्कृति नागरिक उडड्यन तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भेरी करिडोरलाई पूर्णता दिन सरकारसँग पहल गरिरहेको बताउनुभयो । मोरिमदेखि दुनैसम्म सडकको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० गरेर ‘इआईए’ प्रक्रियामा गइसकेकाले बजेटको व्यवस्थापन छिट्टै हुने राज्यमन्त्री बुढाले बताउनुभयो ।

सडकको डिपिआर गर्दा सत्तरी प्रतिशत चट्टान भएकाले ट्र्याक खुलाउन पाँच वर्ष लाग्ने अनुमान गरिएको समेत राज्यमन्त्री बुढाले बताउनुभयो । नेपाली सेनाको लामो प्रयासबाट डोल्पा सदरमुकाम दुनैसम्म सडक जोडिसकेको छ । डोल्पासम्म सिधा यातायात सञ्चालन गर्न आवाश्यक बेलीब्रिज निर्माणका लागि सहयोग गर्ने राज्यमन्त्री बुढाले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै पूर्वमन्त्री जनार्दन शर्माले बजेटको सदुपयोग गर्दै मोरिम–दुनै सडक निर्माणका लागि आएको बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धो र तिन्जेमा हिमाली बजार निर्माण गरिनुपर्ने र धोमा सुक्खा बन्दरगाह निमार्ण गर्न सङ्घीय सरकारलाई आग्रहसमेत गर्नुभयो ।
 
प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले डोल्पा जडीबुटीको राजा भएको बताउँदै भेरी करिडोर जतिसक्दो छिटो निर्माण गरिने जानकारी दिनुभयो । महोत्सवमा कर्णाली प्रदेश नेकपाका अध्यक्ष गोरख बोगटी, पूर्वमन्त्री जनार्दन शर्मा, प्रदेश सामाजिक विकासमन्त्री दल रावल, प्रदेश अर्थमन्त्री प्रकाश ज्वाला, प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेश उपसभामुख पुष्पा घर्ती, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मालगायतको उपस्थिति थियो ।

महोत्सवले डोल्पाको पर्यटनको विकासमा टेवा पु¥याई स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा गरिएको महोत्सव सञ्चालक समितिका संयोजक ग्याल्पो भोटेको भनाइ छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको उपल्लो डोल्पाको समग्र विकासका लागि समेत मोरिम्ला नाका खोल्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । महोत्सव सञ्चालनका लागि रु एक करोड ५० लाखभन्दा धेरै रकम खर्च भएको आयोजकले जनाएको छ । आयोजक आफैँ रहेको डोल्पो बुद्ध गाउँपालिकाले महोत्सवका लागि मात्रै रु ५० लाख खर्च छुट्याएको थियो भने अन्य गाउँपालिका, नगरपालिकालाई पनि बजेटको माग गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया