विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश

५ बर्ष अगाडि


काठमाडौँ . विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो । 

पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा पार्टीका व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत हुनुहुन्छ । 

सो अवसरमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील तथा देशभक्तलाई संगठित गरेर समृद्ध नेपाल निर्माण गर्ने महाअिभयानमा पार्टी केन्द्रित रहेको बताउनुभयो । 

उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया