बीमा कम्पनीहरुलाई नयाँ आचार संहिता

४ बर्ष अगाडि

नेपाल बीमक संघले निर्जीवन बीमकहरुका लागि आचार संहिता २०७६ तयार पारेको छ ।

बीमा समितिको निर्देशन अनुसार संघले खराब प्रवृतिका बीमित र सर्भेयरलाई नियन्त्रण गर्नेगरी आचार संहिता तयार गरेको हो । 

बीमक संघका अनुसार आचार संहितामा झुटो विवरण पेश गरी बीमा गर्ने तथा दावी भुक्तानी लिने, एउटै घटनामा पटक पटक दावी भुक्तानी माग गर्ने, बीमितले बीमकसँग बदनियपूर्ण तरिकाले दावी गर्ने लगायतका गलत काम गर्नेलाई कारबाही हुने विवरणहरु उल्लेख गरिएको छ । 

त्यस्तै बीमितसँग मिलेर गलत काम गर्ने, झुटो विवरण तयार गर्ने, आर्थिक लाभ लिई गलत प्रतिवेदन तयार गर्ने, कुनैपनि आधार र कारणबिना समयमै प्रतिवेदन पेश नगर्ने सर्भेयरलाई पनि कुनैपनि बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था आचार संहितामा उल्लेख छ ।

त्यसबाहेक संघले विभिन्न अनुशासनका नियम समेत बनाएको छ ।

त्यस्तै कुनैपनि बीमा कम्पनीले कर्मचारी नियुक्त गर्दा अर्को बीमा कम्पनीबाट राजिनामा स्वीकृत भएको हुनुपर्ने व्यवस्था पनिगरिएको छ ।

अधिकृत स्तर वा सो भन्दा माथिल्लो तहमा काम गर्ने कर्मचारीले पहिले कार्यरत कम्पनीबाट राजिनामा लिएको अनिवार्य एक महिना पुरा भएको हुनुपर्ने  व्यवस्था पनि आचार संहितामा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया