नेशनल माइक्रोफाइनान्सले ८० प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

काठमाडौं – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाका कुल ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

जसमा ७५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

कम्पनीको चुक्तापूँजी रू १५ करोड ८ लाख ८३ हजार रहेको छ । प्रस्तावित बोनस वितरणपछि पूँजी रू २६ करोड ४० लाख ४५ हजार पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया