व्यापार सूचना पोर्टल सञ्चालनः निर्यात प्रवद्र्धनमा नयाँ सुरुआत

४ बर्ष अगाडि

सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात÷निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । 

व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको सो पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयमा आयोजित कार्यक्रममा उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गर्नुभयो । सो प्रणाली सञ्चालनमा आएसँगै ‘रियल टाइम’ मा वास्तविक तथ्याङ्क एकैपटक हेर्न सकिने छ । व्यापार सूचना प्रणाली सञ्चालनमा आएसँगै भ्रष्टाचार तथा अनियमिताको न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । 

सो प्रणालीमा आयात तथा निर्यातसँग सम्बन्धित व्यवसायीले एकै थलोबाट सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् । त्यस्तै व्यापार पोर्टलमा निर्यातसँग सरोकार भएका निकायलाई पनि जोडिएको छ । निर्यात व्यवसायसँग सम्बन्धित अन्तरराष्ट्रिय संस्थालाई पनि पोर्टलमा जोडिएको छ । 

व्यापार सूचना पोर्टलमा आयात, निर्यातसँग सम्बन्धित कानून, प्रक्रिया, निर्यात निर्देशिका, सम्भावित बजार, अहिले नेपालबाट निर्यात भइरहेका उत्पादन, आयात तथा निर्यातकर्ताको विवरण, त्यससँग सम्बन्धित सरकारी निकायको विवरण पनि राखिएको छ । त्यस्तै विभिन्न मुलुकसँग भएका व्यापार सम्झौता पनि समेटिएको छ । 

पोर्टलको शुभारम्भ गर्दै मन्त्री यादवले आयात÷निर्यात व्यवसयालाई सहजीकरण गर्न सरकारले उक्त प्रणाली सञ्चालनमा ल्याएको बताउँदै व्यवसायीलाई यसको भरपूर प्रयोग गर्न आग्रह गर्नुभयो । प्रविधिको प्रयोगबाट सुशासन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै उहाँले निर्यात प्रर्वद्धनमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । 

“प्रविधिको प्रयोगले सुशासनलाई ठूलो टेवा पु¥याउने काम गर्छ”, उहाँले भन्नुभयो, “अनलाइन प्रणाली शुभारम्भ भएसँगै हाकिमलाई खुश पार्नुपर्नै अवस्थाको अन्त्य भएको छ ।”

वाणिज्य सचिव वैकुण्ड अर्यालले व्यापार पोर्टल सञ्चालनमा आएसँगै सूचना आदानप्रदान गरी व्यापार सहजीकरण गर्न सघाउन पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यसले व्यवसायीलाई बजारको खोजी गर्न पनि सहज पुग्नेछ”, उहाँले भन्नुभयो, “व्यापार प्रवद्र्धन गर्न पनि सहयोग मिल्नेछ ।”

कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले व्यापार सूचना पोर्टल सञ्चालनमा आएपछि नेपालको निर्यात क्षेत्रमा नयाँ शुरुआत भएको बताउनुभयो । सरकार र निजी क्षेत्रको सूचनालाई एकीकृत गरेर लैजान उहाँले सुझाव दिनुभयो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सूचना पोर्टललाई थप प्रयोगकर्तामैत्री बनाउँदै लैजाने बताउनुभयो । विश्व बैङ्कको सहयोगमा सो पोर्टलको निर्माण गरिएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया