कसरी सुधार होला शेयर बजार ? यस्तो छ सरकारको तयारी

५ बर्ष अगाडि

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक शेयर बजार बन्द भयो । मंगलबार एक कित्ता पनि शेयर कारोबार भएन । नेपालको शेयर बजारको इतिहासमा एक कित्ता पनि शेयर कारोबार नभएको यो नै पहिलो पटक होला  । शेयर लगानीकर्ताले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाका कारण बजार प्रभावित भएको हो ।
बजार प्रभावित गराउन लगानीकर्ताले नेपाल स्टक उक्सचेन्जमा धर्ना दिए। नेपाल धितोपत्र बोर्डमा समेत घेराऊ गरे । शेयर दलाल कम्पनीमा समेत धर्ना दिए । सरकारले सुरक्षाका लागि प्रहरी परिचालन गर्नुपर्यो ।
जताततै अस्तव्यस्त भएपछि अर्थ मन्त्रालयले वित्तिय महाशाखा प्रमुख उत्तरुकुमार खत्रीको संयोजकत्वमा एक समिति बनाएको छ । समितिलाई १५ दिन भित्र समस्या मसाधानको उपाय सहितको सुझाव दिन भनेको छ । शेयर बजारमा पछिल्लो समय देखिएको समस्या मसाधानका लागि पहल गर्ने समेतको अख्तियारी समितिलाई दिइएको छ । समिति ६ सदस्यीय रहेको छ । लगानीकर्ताको आन्दोलनलाई निजी उदोगी तथा व्यवसायीले समेत समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले लगानीकर्ताको आन्दोलनमा सहयोग रहने बताएका छन् ।
शेयर बजार पछिल्लो समय तरल बन्दै गएको थियो । नेपामला एउटा जवरजस्त तचथ्य स्थापित गरिएको छ , वामपन्थीहरु शेयर बजारप्रति उदार छैनन् । शेयर बजारमा रहेको एक प्रकारको सिण्डिकेटका कारण पनि त्यस्तो हौवा फैलाइएको हो । लगानीकर्ता समेत मारमा परेका छन् । यो तथ्य सही हो । तर कर नै तिर्दिन, नियममा नै बस्दिन भन्न त राज्यका नागरिकले पाइदैन होला ? तर नियम मान्दिन भन्ने प्रवृत्ति सतमा देखिएको छ । यस्तो प्रवृत्ति समृद्धिका लागि समेत वाधक बन्न सक्छ । त्यसकारण सरकारले गठन गरेको समितिले प्रभावकारी रुपमा शेयर बजारको भविस्य निर्धारण गर्ने गरी सुझाव दिनु जरुरी रहेको छ । रु १५ खर्बको बजार प्रभावित हुँदा त्यसलाई व्यवस्थित गर्ने दायित्व त आखिर सरकारको नै हो । सरकारले नियम संगत तवरले निर्णय गर्नु जरुरी छ । सरकारले तयार पार्ने कार्ययोजनालाई प्रभावकारी रुपमा लागू गरेर शेयर बजारको विस्तार गरिनु जरुरी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया