जलविद्युत्  लगानी तथा उत्पादन कम्पनीका प्रमुख पोखरेल असक्षम सावित

५ बर्ष अगाडि

काठमाडौं । सरकारले जलविद्युत् क्षेत्रमा लगानीका लागि सहजीकरण गर्ने रक र्जा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड बैंकका पैसा राखेर हल्ला गर्ने हल्लाखोर निकायको रुमपा स्थापित भएको छ ।

कम्पनीका अघिल्ला प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले केही काम गर्न खोजेका थिए । उनको जलविद्युत्मा केही गरौ र कम्पनीलाई पनि स्थापित गरौ भन्ने सोच थियो ।

कर्मचारी सञ्चय कोषमा रहेर ठूलो रकम परिचालन गरेको वित्तीय ज्ञान तथा अनुभव समेत उनमा थियो । उनले कम्पनीलाई आम रुपमा स्थापित गराएका थिए ।

तर चार वर्षे कार्यकाल पूरा गरेर उनी कम्पनीबाट बाहिरिएपछि कम्पनी देखाउने एउटा संस्थाका रुमपा मात्रै स्थापित छ । कम्पनी छ कि छैन भन्ने कुरा ऊर्जा मन्त्रालयले समेत थाहा नपाउने अवस्था रहेको छ ।

त्यतिमात्रै होइन कम्पनी अर्को बैंकको रुमपा स्थापित भएको, बढी भन्दा बढी व्याज लिने र निजी ऊर्जा उद्यमीलाई कसीकसाउ गर्ने संस्थाको रुपमा मात्रै स्थापित भएको उद्यमीहरुको गुनासो छ । अरु बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीमा केही फरक  भएन, निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको आक्रोश छ ।

वर्षमा एकाध पटक कार्यक्रम गर्ने, केही पटक एकाध सञ्चारकर्मी बोलाएर प्रशस्ती प्रचार गराउन लगाउने बाहेक कम्पनीको अरु भूमिका छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका छविराज पोखरेल जलविद्युत्को ज पनि नबुझेका व्यक्ति हुन् ।

जागिरका लागि रोइकराई गर्दै शक्ति केन्द्र धाएर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनेको पोखरेलकै कारण कम्पन िधरापमा पर्ने अवस्थामा पुगेको जानकारहरुको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले त कम्पनी र अरु वाणिज्य बैंकमा केही फरक नभएको टिप्पणी यस अघि नै सार्वजनिक गरेको छ । इपानले कम्पनीको भूमिका जलविद्युत् क्षेत्रमा सहयोगी नभई अवरोध गर्ने अर्को निकायको रुपमा रहेको जनाएको छ ।

केही न केही नगरिकन त जागिर पचाउन पनि गाह्रो होला भन्दै कम्पनलिे वर्षमा एक पटक साधारणसभाको आयोजना गर्छ भने एकाध पटक पत्रकार सम्मलन गरेर कम्पनीले यसो यसो गरिरहेको छ भन्ने पूरानै जानकारी दिने गरेको छ ।

प्रसंग हो कम्पनीले शुक्रबार आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पूरानै कुरा दोहो¥याए । उनले फूकोट कर्णालीमा कम्पनीले एक अर्ब २६ करोड लगानी गरेको बताए । जबकी यो निर्णय गत वर्ष नै भएको हो । कम्पनीमा पोखरेल आउनु अगावै भएको निर्णयलाई हालसम्म प्रचार गरेर कम्पनी बसीरहेको छ ।

नयाँ केही पनि काम नगर्ने, विगतकै कामको हल्ला मात्रै गरेर बस्ने प्रवृत्ति कम्पनीमा देखिएको छ । सरकारले ऊर्जा उत्पादन गर्न चाहने निजी तथा सरकारी कम्पनीलाई स्वपूँजी उपलब्ध गराउने लक्ष्यका साथ कम्पनी स्थापना गरेको हो । तर कम्पनीले विश्व बैंकले उपलब्ध गराएको रकम समेत आफैले दिएको भन्दै प्रचार गरिरहेको छ ।

बुटवल पावर कम्पनीले निर्माण गरिरहेको काबेली आयोजनाका लागि विश्व बैंकले उपलब्ध गराएको ऋण समेत कम्पनीले आफूले नै दिएको भनेर प्रचार गरेको छ ।

कम्पनीले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करिब एक अर्ब २६ करोड लगानी गरेको दावी गरेको छ । जब की सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको काम भइरहेको छ । जलविद्युत् उत्पादन कम्पनलिे त्यसका लागि काम गरिरहेको छ ।

  कम्पनीका कार्यकारी अधिकृत पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको पूरानै कुरा दोहो¥याए ।  

तर ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले पूरानै कुरा आएको भन्दै पोखरेलको प्रतिवाद गरेका थिए । केही न केही नयाँ गर्नुपर्यो, सधै पूरानै कुरा गरेर कम्पन िचल्न सक्छ, यस्ता कुराले भएन – सापकोटाले पोखरेलको कुरामा विमति जनाएका थिए ।

तर नायब महाप्रबन्धक अरुण रजौरियाले भने वस्तुगत तथ्यांक पेश गर्दै सोचे अनुसार काम गर्न नसकिएको भन्दै आगामी दिनमा सुधार गरेर जाने बताएका थिए । उनले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा लगानी गर्ने विषयमा छलफल भएको बताए । उनले छलफलका आधारमा ६अर्ब ७८ करोड ऋणका लागि माग आएको बताए ।

हामीले छलफल गरेर, आवश्यक कागजात हेरेर ऋण दिने तयारी गरेका छौ, केही आयोजनाले पैसा लगेका छन्, केहीले छलफल गरिरहेका छन् – उनले भने ।

कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा रु ३४ करोड बराबरको शेयर लगानी गरेको छ ।

बैंकका पैसा राखेर कम्पनीले शेयर धनीलाई करीब रु ९० करोड बराबरको लाभांशका रुपमा वितरण गरेको समेत दावी गरियो ।

मेगा बैंकका पूर्व कार्यकारी अधिकृत अनिलकेशरी शाहले जुन प्रयोजनका लागि कम्पनी स्थापना भएको हो, सोही कार्यमा उपयोग गर्न कम्पनीलाई सुझाव दिएका थिए । बैंकमा पैसा राखेर व्याज मात्रै खाने प्रवृत्तिले हित नगर्ने भन्दै कम्पनीको नेतृत्वमा रहेको कमजोरी सञ्चाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया