सुजुकीको नयाँ वर्ष अफर, पाँच लाख रुपैयाँ सम्म छुट उपहार, सन २०१६ देखिका ग्राहकले पनि पाउने

६ बर्ष अगाडि

काठमाडौं। सुजुकी चार पाङ्ग्रे सवारीको लागि नेपालको आधिकारिक विक्रेता सीजी होल्डिगंको अटोमोटिभले नयाँ वर्ष २०१८ मा “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ।

यो सुविधा २०१६, २०१७ तथा २०१८ का मोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ । “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर अन्तर्गत उपभोक्ताले ४.५ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपैयाँ सम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्ट्रेसन निःशुल्क उपलब्ध गराउने स्किम हरु रहेका छन्।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया